टि–२० विश्वकपको पूरा खेल तालिका सार्वजनिक
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पुरुष टि–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । आइसीसीका अनुसार १७ अक्टोबरमा सुरु हुनेछ र प्रतियोगिताको फाइनल १४ नोभेम्बरमा दुबइमा खेलिनेछ । यस पटकको विश्वकपको आयोजक भारत भए पनि महामारीका कारण खेलहरु भने युएइ र ओमानमा हुनेछन् ।
विश्वकपमा सुरुमा राउण्ड १ का खेलहरु हुनेछन् । राउण्ड १ मा समूह ए मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड र श्रीलंका छन् भने समूह बीमा बंगलादेश, ओमन, पपुआ न्यू गिनी र स्कटल्याण्ड छन् । भारत, अफगानिस्तान, अस्ट्रेलिया, इङल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेष्ट इण्डिज पहिल्यै राउण्ड अफ १२ मा पुगिसकेका छन् । राउण्ड १ का २ समूहका विजेता र उपविजेता थपिएपछि राउण्ड अफ १२ पूरा हुनेछ र राउण्ड अफ १२ का खेलहरु सुरु हुनेछन् ।
Mark your calendars ?
Get ready for the 2021 ICC Men’s #T20WorldCup bonanza ?
— ICC (@ICC) August 17, 2021
राउण्ड अफ १२ मा ६–६ टिम हुनेछन् । उनीहरुले आफ्नो समूहमा रहेका टिमबीचमा एक अर्कासँग प्रत्येकले १–१ खेल खेल्न पाउनेछन् । त्यसपछि दुवै समूहका विजेता र उपविजेताहरु सेमिफाइनलमा पुग्नेछन् । नोभेम्बर १४ मा सेमिफाइनलका विजेताहरुबीच फाइनल हुनेछ । खेल युएइको दुबइ, अबुधाबी, शारजाह र ओमानको मस्कटमा हुनेछन् । एक दिनमा २ खेल हुने दिन खेलहरु नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे र पौने ८ बजे सुरु हुनेछन् । एकमात्र खेल भएका दिनको खेल पौने ८ बजे हुनेछ ।







डिसी नेपाल







Facebook Comment