नयाँ दल दर्ता गर्ने तयारीमा माधव नेपाल समूह

डिसी नेपाल
१ भदौ २०७८ १४:५९
784
Shares

काठमाडौं। विभाजनको संघारमा पुगेको नेकपा एमालेको माधव नेपाल समूहलाई सजिलो हुने गरी सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेपाल समूह उत्साहित बनेको छ। नेता नेपालले अब नयाँ दल दर्ता प्रक्रिया सुरु गरिहाल्ने बताएका छन्।

राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने जनाएको छ। नेता नेपालले मंगलबार आफू निकट केन्द्रीय सदस्यहरुलाई फोन गरेर चाँडै दल दर्ता गर्नुपर्ने हुन्छ तयारी अवस्थमा रहनुस् भनेको नेपाल निकट स्रोतले जनाएको छ।

नेपाल समूहले ओलीले एकताको ढोका बन्द गरिसकेकाले अब नयाँ दल दर्ता गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। नेपाल समूहले केन्द्रीय सदस्यको हस्ताक्षरसमेत संकलन गरिसकेको छ।

नेता नेपालले विश्वास गरेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताल साथ नदिने भएपछि अन्य युवा नेताहरुसँग नेपालले धेरै भर गरेका छन्।

पछिल्लो समय नेता नेपाललाई उपाधयक्ष बामदेव गौतमले पनि साथ दनिे देखिएको छ। बामदेव पत्नी तुलसा थापा नेपाल समूहको बैठकमा सहभागी भएपछि नेपाललाई गौतमले साथ दिने पक्का भएको हो। नेता नेपालले नयाँ दल दर्ता गर्ने भएपनि विगतमा उनलाई साथ दिँदै आएका केही नेताहरुले भने साथ नदिने भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.