एमालेको केन्द्रीय कमिटीमा २६० सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा निवेदन

डिसी नेपाल
१ भदौ २०७८ १७:२३
260
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २ सय ६० जनाको विवरण अध्यावधिक गर्नका निवेदन दिएको एमाले नेता शेरबहादुर तामाङले बताए ।

जसमा नेकपा माओवादी केन्द्रबाट आएका नेताहरुको नामसमेत रहेको छ । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण अध्यावधिक गर्न पठाएको तामाङले बताए ।

एमालेले अध्यादेश आउने बित्तिकै केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गर्नका लागि निवदेन दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.