प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिनुपर्छः योगेश भट्टराई
फाइल
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ।
राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको उनको टिप्पणी छ ।
उनले भनेका छन्, ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’








डिसी नेपाल








Facebook Comment