दल विभाजनसम्बन्धी अध्यादेश लोकतन्त्रको उपहासः डा. बाबुराम भट्टराई
फाइल फाेटाे
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि भट्टराईले एक ट्विट गर्दै यस्तो प्रतिक्रया दिएका छन् । सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएको उनको तर्क छ ।
‘ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस !’, उनले लेखेका छन् ।
ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!
— Baburam Bhattarai (@brb1954) August 17, 2021







डिसी नेपाल







Facebook Comment