नदीमा पानीको सतह बढ्नसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान, सतर्क रहन आग्रह

डिसी नेपाल
२ भदौ २०७८ ६:३६
368
Shares

काठमाडौं । देशभरका विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले नदीनाला र खहरेमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आफ्नो नियमित बुलेटिनमार्फत सतर्क रहन सबैमा आग्रह गरेको हो।

महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हाल देशभर सामान्यदेखी पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमि भूभागमा तराई नजिक रहेको छ भने पूर्वी भूभागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा न्यूनचापीय प्रणाली रहेको छ।

आज दिनभर गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.