मुल्ला अब्दुल गनी बरादर अफगानिस्तानको नयाँ राष्ट्रपति बन्न सक्ने, को हुन् उनी ?
काठमाडौं। अफगानिस्तानको नयाँ राष्ट्रपति मुल्ला अब्दुल गनी बरादर बन्न सक्नेछन् । तालिबानका वर्तमान प्रमुख हिबतुल्लाह अखुंदजादाभन्दा अगाडि रहेर नयाँ राष्ट्रपति बन्न लागेका मुल्ला बरादर तालिबानका सहसंस्थापक हुन् । उनी कतारको दोहाबाट अफगानिस्तान फर्किएका छन् । उनी संगठनका सहसंस्थापक हुनुका साथै संगठनका राजनीतिक विभाग प्रमुख पनि हुन् । तालिबानले अफगानिस्तानमा कब्जा गरेसँगै अब सत्ताको नेतृत्व कुन तालिबानी नेताले गर्छन् भन्ने प्रश्न उठेको बेला मुल्ला बरादर सम्भावित नेतृत्वकर्ताको रुपमा अगाडि देखिएका छन् ।
मुल्ला अब्दुल गनी बरादर ती ४ जनामध्ये एक हुन् जसले १९९४ मा तालिबान संगठनको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा भएको आक्रमणमा तालिबानलाई सत्ताबाट हटाइएको थियो । त्यतिबेला उनी नाटो सैन्य बलविरुद्ध विद्रोहका प्रमुख बनेका थिए । पछि फेब्रुअरी २०१० मा अमेरिका र पाकिस्तानको एक संयुत्तः सैन्य अभियानमा उनलाई पाकिस्तानको कराची सहरबाट गिरफ्तार गरिएको थियो ।
साल २०१२ सम्म मुल्ला अब्दुल गनी बरादरको बारेमा धेरै जानकारी थिएन । त्यो समयमा अफगानिस्तान सरकार शान्ति वार्तालाई बढावा दिन जुन बन्दीहरुलाई रिहा गर्न माग गर्थ्यो उनीहरुको सूचीमा बरादरको नाम प्रमुख हुन्थ्यो । सेप्टेम्बर २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरेको थियो । तर यो स्पष्ट हुन सकेको थिएन कि उनी पाकिस्तानमै बसे वा बाहिर गए ।
मुल्ला बरादर तालिबानका नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासिला सिपाही र डेप्युटी थिए । जब उनलाई गिरफ्तार गरियो त्यतिबेला उनी तालिबानका दोस्रो सबेभन्दा ठूला नेता थिए । अफगानिस्तान प्रशासनका बरिष्ठ अधिकारीहरुलाई सधैं यो लाग्थ्यो कि बरादरको कदका नेताले तालिबानलाई शान्ति वार्ताको लागि मनाउन सक्छन् ।
२०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नको लागि तालिबानको कार्यालय खुल्दा उनलाई तालिबानको राजनीतिक दलको प्रमुख बनाइयो । मुल्ला बरादर सधैं अमेरिकासँग वार्ताको समर्थन गर्थे । १९९४ मा तालिबानको गठनपछि उनले एक कमाण्डर र रणनीतिकारको भूमिका सम्हालेका थिए । मुल्ला उमर जीवित रहँदै उनी तालिबानको लागि आर्थिक स्रोत जुटाउने र दैनिक गतिविधिका प्रमुख थिए ।
उनी अफगानिस्तानका सबै युद्धमा तालिबानको तर्फबाट अहम भूमिका निभाइरहे र खासगरी हेरात र काबुल क्षेत्रमा सक्रिय थिए । जब तालिबानलाई सत्ताबाट हटाइएको थियो त्यतिबेला उनी तालिबानका डेप्युटी रक्षा मन्त्री थिए । उनको गिरफ्तारीको समयमा अफगानिस्तानका एक अधिकारीले बीबीसीसँग भनेका थिए ‘उनकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिबानको सारा पैसाको हिसाब उनी नै राख्छन् । उनी अफगान बलविरुद्ध सबैभन्दा खतरनाक आक्रमणको नेतृत्व गर्थे ।’
तालिबानका अन्य नेताहरुजस्तै मुल्ला बरादरमाथि पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो । उनलाई यात्रा गर्न र हतियार खरिद गर्न प्रतिबन्ध थियो । २०१० मा गिरफ्तार हुनुभन्दा पहिले उनले निकै सीमित सार्वजनिक बयान दिएका थिए । २००९ मा उनले इमेलमार्फत न्युजवीक पत्रिकालाई जवाफ दिएका थिए । अफगानिस्तानमा अमेरिकाको बढ्दो सक्रियताप्रति इंगित गर्दै उनले तालिबान अमेरिकालाई भारीभन्दा भारी नोक्सान पुर्याउन चाहेको भनेका थिए ।
उनले जबसम्म हाम्रो जमिनबाट दुश्मनको अन्त्य हुँदैन तबसम्म हाम्रो जिहाद चलिरहन्छ भनेका थिए । इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्लाको वीटमाक गाउँमा १९६८ मा भएको थियो । उनको सम्बन्ध दुर्रानी कबिलासँग भएको मानिन्छ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाइ पनि दुर्रानी हुन् ।







डिसी नेपाल







Facebook Comment