राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण

डिसी नेपाल
२ भदौ २०७८ १३:३५
404
Shares

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले डिसी नेपाललाई जानकारी दिए।

अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान छ। अध्यादेशमा दल विभाजन भएको तीन साताभित्र प्रदेश र स्थानीय तहमा जनप्रतिनिधले दल रोज्‍ने प्रावधानसमेत राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.