बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा, अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री

डिसी नेपाल
२ भदौ २०७८ १५:५७
1.4k
Shares

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन्। पार्टीको निर्देशनमा मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएका हुन्। पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी छन्।

शाक्यलाई संसदीय दलको नेता चयन गरिएको बागमती प्रदेश सभा सदस्य रचना खड्काले डिसी नेपाललाई जानकारी दिइन्। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश र प्रदेश एकको सरकार जोगाउने रणनीति अनुरुप मुख्यमन्त्री परिवर्तन गर्न तयार भएका हुन्।

शाक्य यसअघि माधव नेपाल समूहका थिइन्। उनी ओलीको कट्टर आलोचकसमेत थिइन्। तर अध्यक्ष ओलीले सरकार जोगाउने शर्तमा शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।

अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।

अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्।

पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि दुई प्रदेशको मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.