९५ केन्द्रीय कमिटी सदस्यसहित एमाले समाजवादी दर्ताका लागि निवेदन, झलनाथ वरिष्ठ नेता
काठमाडौं । माधव नेपाल समूहले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बुधबार ९५ केन्द्रीय सदस्य सहित पार्टी दर्ताको लागि निवेदन पेश भएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नयाँ पार्टीमा माधव कुमार नेपाल अध्यक्ष तथा झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने उनले बताए । निवेदनमा एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेका पनि नेता पाण्डेले बताए ।
उनका अनुसार निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव गरिएको छैन । यसअघि चुनाव चिह्न खुला किताब राख्ने भनिएपनि विवादको कारण अहिले प्रस्ताव नगरिएको हो । दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने उनको भनाई छ ।







डिसी नेपाल








Facebook Comment