कांग्रेस फेरि आत्मघाती र फोहारी बाटोमा हिँड्यो : कमल थापा
फाइल तस्वीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेल आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेको छन्। सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरे पछिदलीय प्रणालीलाई कमजोर बनाउने र त्यसले राजनीतिक अस्थिरता बढाउने निश्चित भएको भन्दै उनले यो शुभ संकेत नभएको जिकिर गरेका छन्।
बिहीबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्–संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र९रु०गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन।’
संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ।
कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो।
यो शुभ संकेत होइन— Kamal Thapa (@KTnepal) August 19, 2021







डिसी नेपाल








Facebook Comment