प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच सरकारलाई चाँडै पूर्णता दिने सहमति

डिसी नेपाल
३ भदौ २०७८ ११:०९
480
Shares

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी (जसपा) औपचारिक रुपमा विभाजित बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार चाँडै सरकारलाई पूर्णता लिने विषयमा छलफल भएको थियो। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले एमाले विजभान गरी नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेसँगै प्रधामन्त्री देउवाले सरकार विस्तार गर्ने तयारी गरेका छन्।

बिहीबार प्रधानमन्त्रीसहित प्रचण्ड र नेपालबीच भएको छलफलमा चाँडै सरकारलाई पूर्णता लिने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। ‘उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो,’ देउवाले डिसी नेपालसँग भने, ‘अब चाँडै सरकारलाई पूर्णता लिने सहमति भएको छ।’

पार्टी विभाजनपछि पहिलो पटक बालुवाटार पुगेका नेपाललाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमाले समाजवादीको अध्यक्ष बनेको भन्दै बधाइ दिएका थिए। नेता नेपालले बुधबार एमाले विभाजन गरी आफ्नो नेतृत्वमा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता गरेका थिए।

नेपालले नयाँ दल दर्ता गरेसँगै अब उनको दल सरकारमा सहभागी हुने निश्चित भएको छ। आजको भेटमा सरकारमा सहभागी हुने तय भएपनि मन्त्रालयका विषयमा टुंगो लागिनसकेको सोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.