पार्टी विभाजनपछि आन्तरिक छलफलमा एमाले नेताहरु

डिसी नेपाल
३ भदौ २०७८ १३:२९
7.2k
Shares

काठमाडौं। वरिष्ठ नेता माधव नेपाल समूहले औपचारिक रुपमा पार्टी विभाजन गरेपछि एमालेका दोस्रो तहका नेताबीच छलफल भएको छ। बिहीबार विहान एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, सरेन्द्र पाण्डेलगायतका नेताबीच छलफल भएको थियो।

नेपाल समूहमा लागेपछि पार्टी विजभानमा साथ नदिका रावल, पाण्डेलगायतका नेता अझै पनि पार्टी एकताको पक्षमा रहेका र पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको थियो।

माधव नेपालले पार्टी विभाजन गरिसकेपछिको अवस्था र भावी रणनीतिका विषयमा समेत छलफल भएको थियो। ‘हामी पार्टीलाई एकतावद्ध बनाउने विषयमा निरन्तर छलफलमा छौं,’ छलफलमा सहभागी नेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘पार्टी एकताको पक्षमा हुनुहुने साथीहरुसँग हामी अझै छलफल गर्दै जान्छौ।’

माधव नेपाल समूह बिहीबार औपचारिक रुपमा एमालेबाट छुट्टिएर एमाले समाजवादी दर्ता गराएका छन्। यसअघि नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी र केन्द्रीय कमिटीका अधिकांशले उनको साथ छोडेका छन। नेपाल समूहलाई छोडेर मुलधारमा फर्किएका नेता कार्यकर्तालाई सम्मानजनक व्यवस्थापन गर्ने विषयमा नेताहरुबीच छलफल भएको थियो।

स्रोतका अनुसार नेपाल समूहका लागेका अरु धेरै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्काउन सकिने तर त्यसका लागि वातावरण बनाउनु पर्ने विषयमा उनीहरुबीच छलफल भएको थियो।

उता नेता नेपालले नयाँ दल दर्ता गरेसँगै सरकारमा सहभागी हुने तयारी गरेका छन्। बिहीबार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका थिए। उक्त छलफलमा देउवा र प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन ढिला नगर्न सुझाव दिएका थिए। उनीहरुबीच चाँडै सरकार विस्तार गर्नेसहमति भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.