माधव नेपालको पार्टीको वैधानिकतापछि मन्त्रिपरिषद विस्तार : प्रचण्ड

डिसी नेपाल
३ भदौ २०७८ १५:०३
108
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुने बित्तिकै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।

बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन्।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान प्रधानमन्त्रीसँग पनि मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ। अब मन्त्रिपरिषद विस्तार गर्न ढिलो गर्न हुन्न भन्ने कुरा भएको छ,’ प्रचण्डले भने, ‘आयोगमा दर्ता भएको पार्टीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ। त्यही दिनमा हुन्छ।’

प्रचण्डले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमीनको फरक रहेको दावी गरे। उनले भने, ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नु छ। दुईटा अध्यादेशमा आकाश र जमीनको फरक छ।’

यसैबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार चाँडै सरकारलाई पूर्णता लिने विषयमा छलफल भएको थियो। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले एमाले विजभान गरी नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेसँगै प्रधामन्त्री देउवाले सरकार विस्तार गर्ने तयारी गरेका छन्।

बिहीबार प्रधानमन्त्रीसहित प्रचण्ड र नेपालबीच भएको छलफलमा चाँडै सरकारलाई पूर्णता लिने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। ‘उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो,’ देउवाले डिसी नेपालसँग भने, ‘अब चाँडै सरकारलाई पूर्णता लिने सहमति भएको छ।’

पार्टी विभाजनपछि पहिलो पटक बालुवाटार पुगेका नेपाललाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमाले समाजवादीको अध्यक्ष बनेको भन्दै बधाइ दिएका थिए। नेता नेपालले बुधबार एमाले विभाजन गरी आफ्नो नेतृत्वमा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.