ईपीएलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

डिसी नेपाल
४ भदौ २०७८ १८:१७
152
Shares

काठमाडौं । चौंथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । ईपीएलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ ।

ईपीएलको ब्रोडकास्ट र डिजिटल अधिकार पाएको एडप्याडले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि हिमालय टेलिभिजनसँग सम्झौता गरेको छ । यस्तै ओएसआर स्पोर्ट्सले युटुबबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *