साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन, अक्टोबर १ देखि सुरु

डिसी नेपाल
५ भदौ २०७८ १७:३२
224
Shares

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यस अघि निकालेको तालिका परिवर्तन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *