भागेका अफगानी राष्ट्रपतिका भाइ तालिबानसँग मिले

डिसी नेपाल
५ भदौ २०७८ १८:०६
8.8k
Shares

काठमाडौं। अरबौं रकम लिएर अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ गनीलाई ठूलो झट्का लागिको छ । अशरफ गनीका भाइ हशमत गनी अहमदजाइ तालिबानसँग मिलेका छन् र उनले तालिबानीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस क्रममा तालिबानी नेता खलील उर रहमान र इस्लामिक विद्वान मुफ्ती महमुद जाकिर उपस्थित थिए । अशरफ गनी अहिले परिवारसँग युएइमा शरण लिएर बसेका छन् ।

हशमत गनी तालिबानसँग मिलेसँगै अशरफ गनीको लागि ठूलो लज्जाको स्थिति बनेको छ । यसअघि नै अशरफ गनी करिब २० करोड डलर लिएर भागेको आरोपको सामना गरिरहेका छन् । गनीले भने यो आरोपको खण्डन गरेका थिए । उनले आफू जुत्तासमेत लगाउन नपाइ अफगानिस्तानबाट भाग्नुपरेको बताएका थिए । बुधबार एक भिडियो सन्देश जारी गर्दै अशरफ गनीले रक्तपात रोक्न आफूले अफगानिस्तान छोडेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *