कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी, ३८ हजार ७५१ जना सक्रिय संक्रमित

डिसी नेपाल
६ भदौ २०७८ १६:१२
484
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १२ हजार ५१६ जनाको परीक्षण गर्दा १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २४८ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ७३ परीक्षण गर्दा २१८ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ७५१ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.