सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने
काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय गरेको छ ।
अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत जानकारी दिए । नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन उनले आग्रह गरेका छन् ।
अफगानिस्तानबाट फर्कनुभएका (उद्दार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ । अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिनुहुन सूचित गरिएको छ ।
— Umesh Shrestha (@MohpStateMin) August 23, 2021
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment