लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

डिसी नेपाल
७ भदौ २०७८ १७:१३
640
Shares

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए ।

सो प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा ४२  र विपक्षमा ० मत पर्यो, तटस्थ एकजना बसेका छन्। ८० सदस्यीय प्रदेशसभामा बहुमत सांसद सरकारको पक्षमा देखिएका हुन् । प्रदेश सभामा ४३ सांसद उपस्थित थिए। काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र एक सांसदले सरकारलाई विश्वास रहेको मत जाहेर गरेका हुन् ।

माओवादी केन्द्रका केसी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । यो धारा बमोजिम मुख्यमन्त्री नियुक्त हुनेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री केसीले मुख्यमन्त्री नियुक्त भएको ११ दिनमा विश्वासको मत लिएका हुन् । उनले विश्वासको मत पाएसँगै २०७९ सम्मको बाँकी कार्यकाल यो सरकार टिक्ने सम्भावना देखिएको छ ।

यसअघि एमाले नेतृत्वको सरकार विश्वास मत नपाउँदा ढलेको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएका थिए । देश संघीयतामा गएपछि बनेका ७ मुख्यमन्त्री मध्ये पोखरेल कार्यकाल पूरा नगरी सरकारबाट बाहिरिने दोसा्रे मुख्यमन्त्री हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.