प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

डिसी नेपाल
७ भदौ २०७८ १८:५६
396
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ।

प्रचण्डको निवास खुमल्टारमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।
चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। यस्तै सोमबार एमालेअध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशशरण महतसँग पनि भेटघाट गरेका थिए ।

केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.