नेपाली फिल्म ‘एटीन’ एमजोन प्राइममा

डिसी नेपाल
७ भदौ २०७८ २३:०७
188
Shares

काठमाडौँ । विश्वकै चर्चित र विश्वसनिय माध्यम एमजोन प्राइममा नेपाली फिल्म ‘एटीन’ ले संसारभरका दर्शक सामु पुग्ने अवसर पाएको छ ।

सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ एमजोनमा अटाउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक तथा निर्माता प्रेम लामाले बताए ।

तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे ए.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको रहेको छ । प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको ‘एटीन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीन वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.