एमाले स्थायी कमिटी बैठक बस्दै, बहिष्कार गरेको आठ महिनापछि दोस्रो तहका नेता सहभागी हुने
काठमाडौ। पार्टी विभाजनपछि माधव नेपालको साथ छोडेका तर अध्यक्ष केपी शर्मा ओलीसँग विश्वस्त हुन नसकेका एमालेका एकता पक्षधर भनिएका नेताहरुसहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ।
नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण विष्ट तथा रघुजी पन्तसहितका नेताहरु एमाले मै रहने भएपछि उनीहरुसहतिको स्थायी कमिटी बैठक आज बस्न लागेको हो।
पार्टीको आन्तरिक समस्या समाधान भएपछि मगलबार (आज) स्थायी कमिटी बैठक बोलाइएको हो। आज विहान ११ तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको हो। झण्डै आठ महिनादेखि बैठक बहिष्कार गर्दै आएका दोस्रो तहका नेताहरु बैठकमा सहभागी हुन सहमत भएपछि एमाले भित्रको विवाद समाधान उन्मुख भएको हो।
स्थायी कमिटी बैठकले कार्यदलको सहमति कार्यान्वयनका लागि लागि तिथिमिति सहितको कार्ययोजना बनाउने बताइएको छ।
२०७५ जेठ २ को अवस्थामा रहेको कमिटीहरूलाई क्रियाशील बनाउने विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुनेछ।
स्थायी कमिटी बैठकबाट छुट्टै पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरूलाई पनि फिर्ता हुने अपिल गरिने नेताहरुले बताएका छन्।
विगतमा नेता माधवकुमार नेपाल पक्षमा सामेल भएका स्थायी कमिटी सदस्यहरू पार्टी एकताको पक्षमा रहँदै नेता नेपाललाई साथ दिएका छैनन्।
एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनको तिथिमिति तय गर्न तीन सदस्य रहेको समिति बनाइएको छ। असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वय, नस्वरूप र समय तय गर्न समिति बनाइएको हो।
उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप–महासचिव विष्णु पौडेल सदस्य रहेको कमिटी बनाएको हो। रावल नेतृत्वको कमिटीले मंगलबार च्यासलमा बस्ने स्थायी कमिटीको बैठकअघि सम्भावित खाका र प्रस्ताव तयार गर्ने बताइएको छ।
तीन नेताले तय गरेको खाकाअनुसार नै १० बुँदे सहमति कार्यान्वयन हुने भएको छ। सोमबार बिहान उपाध्यक्ष रावल, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराईसहितका नेताहरू र एमाले नेतृत्वबीच भएको वार्ताले पार्टीलाई एक बनाएर लैजाने सहमति जुटाएको थियो।







डिसी नेपाल








Facebook Comment