कुलमान नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आज, प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गरिएको विरुद्ध प्राधिकरणका पूर्व कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले यो मुद्दाको सुनुवाइ आफ्नै इजलासमा तोकेका छन् ।
सरकारले केही समयअघि हितेन्द्रदेव शाक्यलाई पधिकरणको कार्यकारी निर्देशकबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको थियो ।
रिटमा शाक्यले आफ्नो कार्यकाल बाँकी भएकोले आफूलाई बीचमै हटाएर सरकारले गरेको नयाँ नियुक्ति बदर गर्दै आफूलाई पुनः त्यही पदमा बहाल गराउन माग गरेका छन् । रिट निवेदन इजलासको दोस्रो नम्बरमा परेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment