अष्टलक्ष्मी शाक्य आफ्नो सुझावअनुसार मुख्यमन्त्री बनेको नेपालकाे दाबी

डिसी नेपाल
८ भदौ २०७८ १४:००
428
Shares

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नो सुझावअनुसार मुख्यमन्त्री बनेको दाबी गरेका छन्।

चन्द्रागिरि रिसोर्टमा दुई दिनदेखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले शाक्य आफ्नो सुझावअनुसार मुख्यमन्त्री बनेकाे जिकिर गरेका हुन्।

नेता नेपालले शाक्य आफ्नो सुझाव अनुसार नै मुख्यमन्त्रीबनेकाे तर पार्टी दर्ता भएको २१ दिनभित्र उनले पार्टी रोज्नु पर्ने भन्दै शाक्यले कुन पार्टी राेज्ने भन्ने उनमै भर पर्ने बताए।

नेता नेपालले आफूहरूसँग केन्द्रीय कमिटी र संसद दुवैमा २० प्रतिशतभन्दा बढी सदस्य भएको पनि दावी गरेका छन्। नेता नेपालले एमाले एकताका नाममा आफूहरुलाई घर न घाटको बनाउन खोजिएको गुनासो पनि गरेका छन्।

‘नयाँ पार्टी गठन भए पनि एकता हुन्छ। तर अझै पनि हामीलाई घर न घाटको बनाउने षडयन्त्र भएको छ’, उनले भने, ‘हामीलाई सबै किसिमको आन्दोलनबाट बञ्चित गराउने काम भएको छ। एकताका नाममा हामीलाई अल्मल्याउने प्रयास भयो, अलपत्र पारेर सडकमा लैजाने कोसिस गरियो।’

नेपालले यो कुनै पदका लागि, निजी लडाइँ नभइ मूल्य मान्यताको भएको बताए । एमालेबाट निष्कासन गरिएपछि आफूहरूसँग नयाँ पार्टी गठनको विकल्प नरहेको उनले बताए। पार्टी एकताको च्याप्टर कहिले पनि क्लोज नहुने उनकाे भनाइ थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.