कक्षा १२ को परीक्षा हाेम सेन्टरबाट दिने व्यवस्था मिलाउन निर्देशन

डिसी नेपाल
८ भदौ २०७८ १४:२०
288
Shares

काठमाडौं। संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले कक्षा १२ को परीक्षाको परीक्षा पटक पटक स्थगित हुँदा विद्यार्थीहरुको भविष्यप्रति चिन्ता थपिएको भन्दै खोपको व्यवस्थापन गरेर स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गरि होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था मिलाउन सरकलाई निर्देशन दिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा पटक पटक स्थगित हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.