माधव नेपालको साथ छोडेका १० सदस्यसहित एमाले स्थायी कमिटी बैठक जारी
फाइल फाेटाे।
काठमाडौं । माधव नेपालको साथ छोडेका १० स्थायी कमिटी सदस्यसहित नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।
माधव नेपालको साथ छोडेका दोस्रो तहका नेताहरूको माग बमोजिम ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठकजारी छ ।
बैठकमा नेपाललाई अन्तिम समयमा साथ छोडका १० जना स्थायी कमिटी सदस्यहरू पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लगातार बैठकमा अनुपस्थित थिए ।
नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका छन् ।
हिजो बालकोटस्थित ओली निवासमा पुगेर ती नेताले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । उक्त छलफलमा १० बुँदे सम्झौता कार्यान्वयन गर्न ओली तयार भएपछि आज बैठक सम्भव भएको हो ।







डिसी नेपाल








Facebook Comment