१४ हजार ८१० परीक्षण गर्दा २ हजार ५२५ जनामा कोरोना संक्रमण, थप ३५ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ८६ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९०१ परीक्षण गर्दा ५०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार २५० जना रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment