‘अफगानिस्तानबाट सबैको उद्धार नहुन सक्छ’

डिसी नेपाल
८ भदौ २०७८ १९:३५
684
Shares

बीबीसी । स्पेनले आफ्नो देशको मिशन र आफ्नो सरकारसँग काम गरेका सबै अफगान नागरिकको अफगानिस्तानबाट उद्धार गर्न नसकिने बताएको छ।

त्यसका लागि स्थलमा विद्यमान नाटकीय घटनाक्रमलाई जिम्मेवार ठहर्‍याइएको छ। ‘हामीले सकेसम्म जति धेरै मानिसको उद्धार गर्न सकिन्छ त्यो गर्छौँ, तर हामीसँग असम्बन्धित कारणहरूले गर्दा त्यहाँ मानिसहरू छुट्नेछन्,’ स्पेनकी रक्षामन्त्री मार्गरिटा रोब्लेसले एउटा रेडिओ अन्तर्वार्तामा भनेकी छन्।

उनका ब्रिटिश समकक्षी बेन वालेसले पनि यसअघि त्यस्तै सावधानीपूर्ण सन्देश दिएका थिए। तालिबानसँग सहमति भएको अगस्ट ३१ को समयसीमा अघि सबैलाई उद्धार गर्न नसकिने उनको भनाइ थियो।

ब्रिटेनका रक्षामन्त्रीका अनुसार आगामी अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट मानिसहरूलाई उद्धार गरिसक्ने भनी निर्धारण गरिएको समयसीमा लम्बिने सम्भावना छैन।

बीबीसी ब्रेकफास्ट कार्यक्रममा बोल्दै मन्त्री बेन वालेसले यूकेले अवश्य पनि थप समय चाहेको तर उक्त समयसीमापछि प्राप्त हुने प्रत्येक दिन नै ठूलो उपलब्धि बताए।

तर तालिबानले उक्त समयसीमा लम्बाउने कुनै पनि कदम अमेरिकासँग गरिएको सम्झौताविपरीत हुने बताएको छ। अन्य देशहरूले अमेरिकालाई काबुलबाट सेना फिर्ता लैजाने समय लम्बाउन दबाव दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *