बिदेशीको उक्साहटमा लादिएको प्रणाली मुलुकले धान्दैनः कमल थापा

डिसी नेपाल
८ भदौ २०७८ १९:४७
152
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् । बिदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरे ।

गणतन्त्र , धर्मनिरपेक्षता र संघीयतामा पुनर्बिचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्द्धनवाद भएको बताए। राप्रपा निषेधको राजनितीबाट नभई सबैलाई समेटेर उदारतापुर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले कांग्रेस कम्युनिष्टको बिकल्प भनेकै राप्रपा भएको बताए ।

मुलुकको आवश्यकता अनुसार राज्य व्यवस्था लागू गर्दा दिगो र टिकाउ हुनेमा कसैको स्वार्थ पुरा गर्न षड्यन्त्रपुर्वक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुने उनको भनाइ थियो। आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले महाधिवेशन केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । पुर्व प्रहरी उपरीक्षक कुल बहादुर थापा, पुर्व नायब उपरीक्षक मान बहादुर कुँवर सहित हुम्लाबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरुलाई थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.