अफगानिस्तानका फरार राष्ट्रपतिका छोराको जीवनशैली चर्चामा
काठमाडौं। अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छाडेर भागेपछि अहिले उनको र उनको परिवारको चर्चा बढेको छ । अफगानिस्तानमा संकटका बेला अशरफ गनीकी छोरी मरियम गनीपछि अब छोरा तारेक गनी मिडियामा चर्चामा छन् । डेलीमेलको रिपोर्टअनुसार तारेक अर्थशास्त्रका प्राध्यापक हुन् र अमेरिकाको सबैभन्दा विलासी सहरमा बस्छन् ।
अफगानिस्तानको कठिनाइपूर्ण जीवनको विपरित ३९ वर्षका तारेक निकै विलासी र शानदार जीवन बाँचिरहेका छन् । तारेक र उनकी पत्नी एलिजाबेथ पियर्सन वाशिङटन डिसी एन्क्लेभमा क्यापिटल बिल्डिङ भन्दा एक माइलको दूरीमा १.२ मिलियन डलरको रातो रंगको टाउनहाउसमा बस्छन् । ३ बेडरुम र ३ बाथरुमसहितको यो घर उनीहरुले २०१८ मा ९ लाख ५९ हजार डलरमा किनेका थिए ।
अमेरिकामै जन्मिएका तारेक मेरिल्याण्डमा आफ्नी दिदीको साथमा हुर्किएका हुन् । उनीहरुकी आमा रुला लेबनानी हुन् र उनी पनि अमेरिकामा छोराछोरीसँगै बस्छिन् । इन्टरनेशनल क्राइसिस ग्रुपका मुख्य अर्थशास्त्रीको रुपमा २ वर्ष काम गरेपछि तारेक अहिले प्रोफेसर पदमा फर्किएका छन् । तारेकले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरुमा पनि काम गरिसकेका छन् ।
सेन्टर फर ग्लोबल डेभलपमेन्टले संगठनमा उनको अहम योगदानको बारेमा उल्लेख गर्दै लेखेको थियो ‘विश्वव्यापी समृद्धि र गरिबी उन्मुलनप्रति तारेकको समर्पण न केवल यो बताउँछ कि उनी को हुन् त्यसमाथि यो यसको पनि हिस्सा हो कि उनी कहाँका हुन् ।’ स्टेनफोर्डबाट स्नातक गरेपछि तारेकले अफगानिस्तानमा बस्नको लागि एक महिनाको विदा लिए र आफ्ना पिता अशरफ गनीको सहायकको रुपमा काम गरे । त्यतिबेला उनका पिता अफगानिस्तानमा अर्थमन्त्री थिए ।
अफगानिस्तानको जटिल अवस्थाको असर तारेकमा तिकै गहिरो परेको छ । आफ्नो विरासत र अफगानिस्तानको राजनीतिमा अहम भूमिका निभाए पनि उनी यहाँको स्थितिबारे केही पनि खुलेर बोल्न चाहँदेनन् । डेलीमेलले उनीसँग अफगानिस्तानको अवस्थाको बारेमा प्रश्न गर्दा उनले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरे ।
तारेक आजभोलि मिडियाबाट बच्न थालेका छन् । यद्यपि केही व्यक्तिहरुले उनलाई डिसीको सबैभन्दा फेशनेबल स्थान लोगान सर्कल क्षेत्रमा फुर्सदको समय बिताएको देखेका छन् । महंगो घडी, निलो शर्टस र निलो सर्टमा तारेक एक महंगो रेष्टुरेन्टमा आफ्नी महिला मित्रको साथमा देखिएका थिए ।
स्टेनफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सुरक्षामा स्नातक गरेपछि तारेकले क्यालिफोर्निया युनिभर्सिटी बर्कलेज हास स्कुल अफ बिजनेसबाट मास्टर्स र पिएचडी गरेका छन् । पत्नी एलिजाबेथसँग उनको भेट यहीँ भएको थियो । एलिजाबेथ पनि आफ्नो करिअरमा उत्तिकै सक्रिय छिन् । उनी सिनेटर एलिजाबेथ वारेनकी विधायी निर्देशक हुन् । उनी स्वास्थ्य र आर्थिक नीतिकी सल्लाहकार पनि रहिसकेकी छिन् ।







डिसी नेपाल







Facebook Comment