प्रशिक्षक अलमुताइरीले नेपाल छाड्ने संकेत!
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसंगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको भनाई बाहिर आएको हो ।
उनले आफु बाहिरिएको र राजनीतिक काम चालू राख्न भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहोस् ।’

राखेपद्धारा गठित छानविन समितिले विवादास्पद राजीनामा सम्बन्धि पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन निर्देशन दिन परिषद्लाई सुझाव दिएको थियो ।
साथै समितिले अलमुताइरीले सम्झौता अनुसार कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं समाजिक सञ्जालमा कसैप्रति लक्षित गरी धारणा सम्प्रेरण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने सुझाव दिएको छ ।
एन्फाले विवाद सुल्झाउन नसकेर राखेपको जिम्मा लगाएको थियो । राखेपले यस विषयमा गठन गरेको छानविन समितिले आज प्रतिवेदन दिएको हो । राखेपको प्रतिवेदनमा अल्मुताइरीकै आचरणमाथि प्रश्न उठाइएको छ ।







डिसी नेपाल








Facebook Comment