सरकारले कहिले पाउँछ पूर्णता? लोसपालाई पनि सरकार सहभागी गराउने तयारी

डिसी नेपाल
१० भदौ २०७८ ८:००
384
Shares

काठमाडौं। माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दललाई निर्वाचन आयोगले बुधबार मान्यता दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्ने तयारी गरेका छन्।

यसअघि माधव नेपालको दललाई निर्वाचन आयोगले मान्यता दिएपछि सरकार विस्तार गर्ने सत्ता गठबन्धनबीच सहमति भएको थियो। निर्वाचन आयोगले बुधबार नेपाल र ठाकुरको दललाई मान्यता दिएको थियो।

सरकार विस्तारलगायतका विषयमा छलफल गर्न आजै सत्ता गठबन्धनको बैठक बस्ने बताइएको छ। बालुवाटार निकट स्रोतका अनुसार सरकार विस्तार लगायतका विषयमा छलफल गर्न आजै बैठक बस्ने भएको हो।तर समय भने तय भइनसकेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।

‘यसअघि माधव नेपालको दललाई निर्वाचन आयोगले मान्यता दिएपछि सत्ता गठबन्धनको बैठक बस्ने सहमति भएको थियो। सोही सहमति अनुसार आज बैठक बस्दैछ,’ प्रधानमन्त्री देउवा निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘अहिले समय तय भएको छैन। आज साँझसम्म बैठक बस्छ। बैठकले सरकार विस्तारको विषयमा टुंगो लगाउँछ।’

आज बस्ने बैठकले सरकार विस्तार र दलहरुले पाउने मन्त्रालयका विषयमा पनि टुंगो लगाउने बताइएको छ। प्रधानमन्त्री देउवाले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) उपेन्द्र यादव नेतृत्वको जसपासँगै महन्थ ठाकुर नेतृत्वको लोसपालाई समेत सरकारमा सहभागी गराउने तयारी गरेका छन्।

महन्थ ठाकुरको लोसपा पनि सरकारमा सहभागी हुन इच्छुक भएपछि तीनवटा दललाई सरकारमा सहाभागी गराउने गरी प्रधानमन्त्रीले तयारी गरेका छन्।

‘महन्थ ठाकुरको दल पनि सरकारमा सहभागी हुन इच्छुक भएपछि उहाँहरुलाईपनि सरकारमा सहभागी गराउने तयारी भएको छ,’ स्रोतले भन्यो, ‘उहाँहरु सरकारमा सहभागी हुँदा केही अन्य दलले पाउने मन्त्रालयमा थपघट हुनसक्छ। सो विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकले टुंंगो लगाउँछ। र आइतबारसम्म सरकारले पूर्णता पाइसक्छ।’

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले साउन ३ मा विश्वासको मत लिएका थिए। असार २९ मै माओवादीबाट दुई र कांग्रेसबाट २ मन्त्री नियुक्त गरेका उनले साउन १० मा मन्त्रिपरिषद् विस्तार गर्दै व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए।

लामो समयसम्म सरकारले पूर्णता नपाउँदा सरकारी काम प्रभावित बन्दै आएको छ। उता सत्ता गठबन्धनका दलहरुभित्र सरकारमा कसलाई पठाउने भन्ने विषयमासमेत विवाद छ। प्रधानमन्त्री देउवाकै दलभित्रपनि मन्त्रीका आकाक्षी धेरै हुँदा मन्त्री छान्न देउवालाई सकस परेको छ भने उनीमाथि गुटगत आधारमा सरकारमा सहाभागी गराउनु पर्ने चुनौती छ।

अर्को मुख्य घटक माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकस परेको छ। हाल माओवादीबाट दुई मन्त्री सरकारमा सहभागी भएपनि कसको पार्टीका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद कायमै छ।

उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा सहाभागी हुने निश्चित भएपनि कसको नेतृत्वको सरकारमा सहाभागी हुने भन्ने विवाद छ। माधव नेपाल र महन्थ ठाकुरको दलले भने सरकारमा सहाभागी हुने मन्त्री चयन गरिसकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.