देउवाकै कारण क्रियाशील सदस्यता वितरण विधान अनुरुप हुन सकेन : नेता सिंह

डिसी नेपाल
१० भदौ २०७८ १०:५२
112
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन्।

प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्लाले शाेभाभगवतिमा आज आयोजन गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका हुन्। यसको कारण पार्टी सभापति नै बताए। क्रियाशिल विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटाे प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने उनको भनाइ थियाे।

‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धाँधली भएको छ। फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ,’ उनले भने, ‘विधि प्रत्रिया अनुसार महाधिबेशन गर्नु पर्नेमा उनको जाेड रहेकाे छ। पारदर्शी तरिकाले पार्टीलाई अगाडि बढाउनु पर्दछ।’

साथै उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएकाे स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुलेसमेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए। कार्यक्रममा नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ पूर्व मन्त्री राजेन्द्रकुमार केसीलगायत नेता कार्यकर्ता काे सभागिता रहेकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.