सन्दर्भ : एमाले विभाजन! पन्चैबाजा, भिनाजु र म

डिसी नेपाल
१० भदौ २०७८ ११:११
2.3k
Shares

कहिले काही जीवनले अनौठो अनुभव र घटनाबाट उच्च शिक्षा लिन सकिने रहेछ। अहिले एमालेबाट माधवकुमार नेपालले विभाजित भई छुट्टै पार्टी गठन गरेपछि मलाई पुरानो एउटा घटना एकदम याद आयो।

२०५६ सालको कुरा हो। राप्रपाबाट इलामको क्षेत्र नम्बर २ को सांसद उम्मेदवार भएँ। प्रचार प्रसारमा आकर्षक मेरो तस्विर र आकर्षक नाराहरुको बहुतै चर्चा भयो। पोष्टर मैले कलकत्तामा गएर छपाएको थिएँ।

नेपाली कांग्रेसबाट केबी गुरुङ, एमालेबाट सुवास नेम्वाङ, राप्रपा चन्दबाट पद्मसुन्दर लावती अनि राप्रपा थापाबाट म एउटै क्षेत्रमा उम्मेद्वार भयौँ। अरु बरिष्ठहरुको अगाडि म सानो थिएँ। सबैलाई आदरणीय सम्झेर चुनावको प्रतिष्पर्धामा गएँ। प्रचार प्रसार सबैको भन्दा राम्रो थियो।

जताततै पोष्टर र पम्पलेट पु¥याएको थिएँ। क्षेत्रभरिका हरेक मेरा आमसभामा हजारौंको उपस्थिति थियो। सबै साथीहरु चुनाव जितिन्छ भन्दै उत्साहित हुनु भयो। म भने २ प्रतिशत पनि ती आमसभा देखेर उत्साहित थिइनँ। किनकि वास्तविक कुरा मलाई थाहा थियो।

भित्री कुरा के थियो भने एमाले आएर मेरो पोष्टर लिएर जान्थे र कांग्रेसको घरमा टाँसी दिन्थे। कांग्रेसले लान्थे र एमालेको घरमा टाँसी दिन्थे। दुवै पार्टीले आपसमा कुरा गर्दा यसपालि भोट राप्रपालाई भन्थे।

मैले भिनाजुलाई भने घोडा यही छोडौं बाजाको र माइकको पैसा दिऊँ। साथीहरुलाई खाना खुवाऊँ र विदा गरौं। अनि तपाई इलाम लाग्नुहोस म रविको बाटो दमक झर्छु र काठमाण्डौ फर्कन्छु। राप्रपाको विभाजनले लावतीजी र मेरो एउटै हालत छ। यो पार्टी विभाजनको अपराध हामी निर्दोष कार्यकर्ताले कहिलेसम्म भोग्नु पर्ने हो भनेर हामी आफ्नो आफ्नो वाटो लाग्यौं।

मैले भाषण गर्दा कांग्रेसलाई गाली गरे एमालेले ताली पड्काउने एमालेलाई गाली गर्दा कांग्रेसले पड्काउँथे। मेरो आमसभामा कांग्रेसले एमाले बटुलेर एमालेले कांग्रेस बटुलेर ल्याउँथे। तसर्थ सभाहरूमा म आउने साथ भिड देख्थेँ। कारण थियो कांग्रेसले एमालेको एमालेले कांग्रेसको भोट कटाउन यसो गर्दैछन् भन्ने मैले बुझेको थिएँ।

हो मैले वास्तविकता बुझेको थिएँ। तर कार्यकर्ता साथीहरुमा निराशा होला भनेर सबै कुरा गोप्य राख्थें। यस्तै चल्दै थियो। जब प्रचार प्रसारको अन्तिमतिर आयो भिडमा कमी आउँदै थियो। राप्रपाका जिल्ला अध्यक्ष तथा भुपू मन्त्री मेरा भिनाजु सोमनाथ बाँस्तोलाले भन्नु भयो प्रेमबाबु आमसभा हेर्दा चुनाव जितिने देखें।

कमल थापाज्यू मेरो क्षेत्रमा मलाई सहयोग गर्न आमसभामा आउनु भयो चुलाचुलीमा। उक्त आमसभामा हजारौं मान्छे पचासौ बस गाडी सयौं मोटर साईकल देखेर प्रेम भाइ चुनाव जित्न सक्ने अवस्था देखें मेहनत गर है भन्नु भो। त्यसको भोलिपल्ट गरुवामा पशुपतिशमसेर आउनु भो। वहाँले पनि भिड देखेर जितिने कुरा बताउनु भो। तर म उत्साहित थिइनँ।

जब प्रचार प्रसारको अन्तिम दिन आमचोक हाईस्कूलमा वृहत आमसभा भनेर प्रचार गरें। दुईटा माइक स्कूलको खेल मैदानमा जडान गरेर आउनुहोस् आउनुहोस् वृहत आमसभा भनेर मान्छे बोलाउन थालियो।

हेर्दै जानु होला माधव नेपालको नियति मेरो जस्तै हुनेछ। चुनावमा कांग्रेसले रुख बोकेर हिँड्ने कि माधवको चिन्ह? माओवादीले हसिया हथौडा बोक्ने कि माधवको चिन्ह? पार्टी फुटाउनु थियो फुट्यो। अब माधब नेपाल कांग्रेसलाई किन चाहियो? प्रचण्डलाई माधव किन चाहियो ? वावुरामलाई माधव किन चाहियो?

म र भिनाजु घोडामाथि चढ्यौं। पन्चै वाजा अगाडि लगाएर आमसभा भएको स्थलतिर लाग्यौं। आमसभा १ बजे सुरु भनेको थियो। जब सभामा पुग्यौ छक्क परें। कारण थियो माईक बोक्ने दुईभाइ, भिनाजु ,म र पन्चैबाजा बनाउने मात्रै रहेछाैं।

प्रचारमा हिँडेका साथीहरु दश बीस जना थिए। सर्वसाधरण नरो वा कुञ्जर वा थियो। कारण त्यसबेलासम्म कांग्रेसले र एमालेहरूले आफ्ना आफ्ना भोटर तथा जनताहरुलाई बाटो छेक्ने, तर्साउने, हप्काउने गरेर आमसभामा आउनै दिएनन्।

मैले भिनाजुलाई भने घोडा यही छोडौं बाजाको र माइकको पैसा दिऊँ। साथीहरुलाई खाना खुवाऊँ र विदा गरौं। अनि तपाई इलाम लाग्नुहोस म रविको बाटो दमक झर्छु र काठमाण्डौ फर्कन्छु। राप्रपाको विभाजनले लावतीजी र मेरो एउटै हालत छ। यो पार्टी विभाजनको अपराध हामी निर्दोष कार्यकर्ताले कहिलेसम्म भोग्नु पर्ने हो भनेर हामी आफ्नो आफ्नो वाटो लाग्यौं।

आफैंले सयौ माला उन्न लगाएर आमसभामा पठाएइको थियो तर फूल बोरामा नै कुहियो होला। झिकेर लगाउनेसमेत हिम्मत कसैको भएन। हेर्दै जानु होला माधव नेपालको नियति मेरो जस्तै हुनेछ।

मैले भिनाजुलाई भने घोडा यही छोडौं बाजाको र माइकको पैसा दिऊँ। साथीहरुलाई खाना खुवाऊँ र विदा गरौं। अनि तपाई इलाम लाग्नुहोस म रविको बाटो दमक झर्छु र काठमाण्डौ फर्कन्छु। राप्रपाको विभाजनले लावतीजी र मेरो एउटै हालत छ। यो पार्टी विभाजनको अपराध हामी निर्दोष कार्यकर्ताले कहिलेसम्म भोग्नु पर्ने हो भनेर हामी आफ्नो आफ्नो वाटो लाग्यौं।

चुनावमा कांग्रेसले रुख बोकेर हिँड्ने कि माधवको चिन्ह? माओवादीले हसिया हथौडा बोक्ने कि माधवको चिन्ह? पार्टी फुटाउनु थियो फुट्यो। अब माधब नेपाल कांग्रेसलाई किन चाहियो? प्रचण्डलाई माधव किन चाहियो ? बाबुरामलाई माधव किन चाहियो?

हेर्दै जानु होला माधवको अन्तिम वृहत आमसभामा माधव, माधवका सम्धी र नौमती बाजाबाहेक र ढोल ढ्याङ्गोविनाको झाँक्रीवाहेक माइक बोक्ने दुई भाइ मात्रै हुनेछन्।
अस्तु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.