भीम आचार्य मुख्यमन्त्री बन्दै गर्दा उनका भाइको लाश भेटियो
काठमाडौं। प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका भएका भीम आचार्यलाई मुख्यमन्त्री नुयुक्त हुँदै गर्दा भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएपछि मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यलाई सपथ ग्रहण नगर्दै भ्रातृशोक परेको हो ।
आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् । कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शव भेटिएको हो ।
भीम आचार्य प्रदेश १को मुख्यमन्त्री नियुक्त भएकै दिन भाइ रामप्रसाद मृत फेला परेका हुन् । घटनास्थलमा मृतकका आफन्तहरु आउनेक्रममा रहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिएका छन् ।
घरमा श्रीमती र आचार्य बस्ने गरेका थिए । श्रीमतीसमेत अलग कोठामा सुत्ने गरेको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment