होबार्टद्वारा सन्दीपको सम्झौता नविकरण
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई आगामी सिजनको बिग बास लिग (बीबीएल)का लागि होबार्ट हरिकेन्सले ‘रिटेन’ गरेको छ । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको जनाएको छ ।
होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरेका हो । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment