नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

डिसी नेपाल
१० भदौ २०७८ १६:५७
396
Shares

काठमाडौं । आगामी भदौ १७ र २० गते हुने नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

सोही खेलका लागि एडप्याड र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच २५ लाख रुपैयाँमा सम्झौता भएको एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जानकारी दिए । यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आम्दानीलाई व्यवस्थित गर्न ब्रोड्कास्टिङ राइट बेच्ने योजना बनाएको र राम्रो रकम पाएको बताए ।

‘टिभी राइट एड प्याडले लिएको छ । दुईटा मात्रै खेलका लागि त्यत्रो रकम फुटबलका लागि राम्रो कुरा हो,’ उनले भने, ‘यो अरु जस्तो उधारो सम्झौता होइन । हामीले वर्षमा १–२ करोड टिभी राइटबाट उठाउने लक्ष्य राखेका छौं ।’ सम्झौतापत्र एन्फाका अध्यक्ष कर्मा र एडप्याडका गिरीले आदानप्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *