राष्ट्रिय टोलीको बन्द प्रशिक्षण कतारमा हुने

डिसी नेपाल
१० भदौ २०७८ १७:४३
632
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण कतारमा हुने भएको छ । साफ च्याम्पियनसिपको तयारी जुटेको टोलीको बन्द प्रशिक्षण कतारमा हुने एन्फाले जनाएको छ ।

प्रशिक्षणको लागि नेपाली टोली आगामी सेप्टेम्बर १० तारिखमा दोहा प्रस्थान गर्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोली सेप्टेम्बर २७ तारिखमा माल्दिभ्स प्रस्थान गर्ने पनि एन्फाले जानकारी दिएको छ ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

अहिले राष्ट्रिय टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :

किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *