मदन भण्डारी स्पोर्टस् एकेडेमी भारतको अध्यक्षमा सिंजाली
नयाँ दिल्ली । मदन भण्डारी स्पोर्टस् एकेडेमी भारतको अध्यक्षमा कुलबहादुर सिंजाली चयन भएका छन्। बुधबार नयाँ दिल्लीस्थित होटल जेनिफिर इन्टरनेशनलमा भएको बृहत बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो। उनी पहिलो कार्यकालको उपाध्याक्ष थिए।
खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नारासहित सु गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमी इण्डियाको पहिलो कार्यसमितिको दुई वर्ष पुरा भएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीका प्रवास इञ्चार्ज तथा इण्डियाका संस्थापक गोपाल थापाको प्रमुख आतिथ्यतमा भेला सम्पन्न भएको थियो।
भेलाले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। समितिको महासचिवमा पूर्व संयोजक सुवास बस्नेतलाई चयन गरिएको छ। यस्तै, पहिलो उपाध्यक्षमा पदम गाहा, दोस्रो उपाध्यक्षमा एडवोकेट नन्दा शर्मा, सचिवहरुमा निरञ्जन मल्होत्रा र सुस्मिता शर्मा, कोषाध्यक्षमा बीर थापा चयन भएका छन्।
एकेडेमीको सदस्यहरुम हरि रोकामगर, पूर्णराज श्रेष्ठ, निर्मला शर्मा, आसबहादुर थारु, युधिष्ठिर कुमार र गंगा गुरुङ चयन भएका छन्। समितिको सल्लाहकारमा कृष्ण शर्मा, कमल पण्डित र छविलाल जोशी रहेका छन्।
मदन भण्डारी फाउण्डेसन अन्तर्गत संचालित एकेडेमीले भारतमा वैधानिकता पाएसँगै विभिन्न क्षेत्रका खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ।
खेलप्रति रुचि भएका तर खेल्ने वातावरण नभएक प्रवासीलाई खेल प्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीलाई अन्तर्राराष्ट्रिय स्तरसम्म पु¥याउने र सहज खेल वातावरण सिर्जन ागर्ने उद्देश्यले खेल र खेलाडीको उच्च सम्मान भन्ने मुल नाराका साथ भारतमा एकेडेमीको स्थापना गरिएको हो।








डिसी नेपाल







Facebook Comment