ह्वाटमोरले दिए मुख्य प्रशिक्षकबाट राजिनामा !

डिसी नेपाल
११ भदौ २०७८ १९:५७
2.4k
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएका छन् । ह्वाटमोरले ओमानमा हुने विश्वकप लिग२ को खेलपछि लागु हुने गरि राजिनामा दिएको स्पोर्टस्टारले दावी गरेको छ ।

स्पोर्टस्टारले ह्वाटमोरका म्यानेजर कौस्तुव लोहिरिले पुष्टि गरेको पनि उल्लेख गरेको छ । यस्तै अष्ट्रेलियन समाचार संस्था न्युज नाइनले पनि आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको छ । ह्वाटमोरले कोभिड १९को बेला आफ्नो परिवारसँगै रहने भन्दै राजिनामा दिएको दावी उक्त समाचार संस्थाले गरेको छ ।

उनको राजिनामाको बारेमा भने नेपाल क्रिकेट संघ (क्यान)बाट कुनै औपचारिक जानकारी आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *