महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत

डिसी नेपाल
१२ भदौ २०७८ ९:०६
412
Shares

महाेत्तरी । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे। तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन।

उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेकाे हेर्न विवश छन्। उनका अनुसार रातु नदीले उनीसहित स्थानीयकाे ८ कठ्ठा खेत कटान गरिसकेकाे छ। खेत बगर बनेकाे छ।

बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेकाे छ । रातु नदीकाे बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ।

प्रभावितहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणकाे काम भइरहेकाे स्थानीय वसन्तराज साहले जानकारी दिए ।

रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ । तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणकाे तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।

अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन् । गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन्।

टहराबाट पानी चुहिएर समस्या भएकाे मुसहर वस्तीका सुनिल सदाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.