लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित

डिसी नेपाल
१३ भदौ २०७८ ७:५२
112
Shares

काठमाडाैं। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित हात पारेकाे छ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले हेर्थ बिएससीलाई ५-० गोल अन्तरले पराजित गरेको हो। खेल पूरै नियन्त्रणमा राखेको बायर्नले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ३ गोल वर्षाएकाे थियाे ।

बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे भने थोमस मुलर र जमल मुसिआलाले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए। खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्नको अग्रता ३-० को बन्यो।

खेलको ७० र ८४ मिनेटमा लगातार गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक गोल पूरा गरे। फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ। लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा समेत उक्लिएको छ। लगातार तेस्रो हार व्यहोरेको हेर्थ अंकविहीन रहँदै पुछारमा छ। यस्तै, बुन्डेस लिगमा बायन लेभरकुसेनले एफसी औगसबर्गलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *