मेस्सीलाई समेट्दै पीएसजीले गर्‍याे रेइम्सविरुद्ध खेल्ने टिम घोषणा

डिसी नेपाल
१३ भदौ २०७८ १७:४८
3.0k
Shares

काठमाडौं। लियोनल मेस्सीलाई समावेश गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्ने टिम घोषणा गरेको छ। पीएसजीले घोषणा गरेको २२ सदस्यीय टिममा मेस्सी अटाएका हुन्।

पीएसजीले आज राति रेइम्सविरुद्ध खेल्नेछ। रेइम्सविरुद्धको खेलबाट मेस्सीले डेब्यु गर्ने सम्भावना रहेको छ।

अर्जेन्टिनाका कप्तान मेस्सीले अघिल्ला तीन खेलमा मौका पाएका थिएनन् । मेस्सीसँगै केलियन एमबाप्पे, नेयमार पनि टिममा रहेका छन्। रेइम्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *