टि–२० अन्तर्राष्ट्रियमा अञ्जली चन्दको दुर्लभ विश्वरेकर्ड तोडियो

डिसी नेपाल
१४ भदौ २०७८ ८:२१
4.1k
Shares

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेटर अञ्जली चन्दले टि–२० अन्तर्राष्ट्रियमा बनाएको दुर्लभ विश्वरेकर्ड तोडिएको छ । एक खेलमा सर्वोत्कृष्ट बलिङको अञ्जलीको रेकर्ड नेदरल्याण्डकी बलर फ्रेडरिक ओवरडाइकले तोडेकी हुन् ।

बिहीबार आइसीसी महिला टि–२० विश्वकप युरोप क्षेत्रको छनोट खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै उनले नयाँ विश्वरेकर्ड बनाउकी हुन् । अञ्जलीले एउटा खेलमा ६ विकेट लिएकी थिइन् । यससँगै ओभरडाइक महिला तथा पुरुष दुवैको टि–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेट लिने एकमात्र बलर बनेकी छिन् ।

ओभरडाइकले ४ ओभरमा २ ओभर मेडन राख्दै केवल ३ रन खर्चेर ७ विकेट लिएकी हुन् । यसअघि २०१९ मा अन्जलीले २.१ ओभरमा एक ह्याट्रिक सहित कुनै रन नदिइ ६ विकेट लिएकी थिइन् । पुरुषतर्फ भने टि–२० अन्तर्राष्ट्रियमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने भारतका दीपक चाहारले बंगलादेशविरुद्ध ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *