बिकिनीमा प्रियंका
प्रिपंका चोपडा र निक जोनस बलिउडदेखि हलिउडसम्म अत्याधिक लोकप्रिय जोडीमध्ये एक हुन् । यी दुईको सम्बन्धको चर्चा भइरहन्छ । अब प्रियंका ले निकसँगको रमाइलो समयको फोटो शेयर गरेकी छिन् । प्रियंकाले निकको साथमा बिकिनी पोज दिँदै फोटो शेयर गरेकी छिन् । प्रिपंकाले निकसँग आफ्नो फोटोको क्याप्सन ‘स्न्याक’ लेखेकी छिन् । यसका अलावा प्रियंकाले बिकिनीमा आफ्नो एकल फोटो पनि शेयर गरेकी छिन् ।

रातो र कालो बिकिनीमा सेतो चश्मा लगाएकी प्रियंका आकर्षक देखिएकी छिन् । प्रियंका शुटिङको क्रममा अहिले लण्डनमा छिन् । हप्ताको अन्त्यमा उनी अमेरिका फर्केर निकसँग रमाइलो समय बिताएकी हुन् । प्रियंकाले लण्डनमा स्पाइ थ्रिलर शो सिटाडेलको सुटिङ गरिरहेकी छिन् । यो पेजेक्टमा उनी गेम अफ थ्रोन्सका अभिनेता रिचर्ड मेडनसँग काम गरिरहेकी छिन् ।







डिसी नेपाल







Facebook Comment