सबैभन्दा पहिले मास्क फ्रि भएको देशमा महामारी सुरु भएयताकै धेरै दैनिक संक्रमित

डिसी नेपाल
१४ भदौ २०७८ १५:५४
9.8k
Shares

काठमाडौं। कोरोनाभाइरस महामारी सुरु भएपछि अहिलेसम्म आफूलाई बचाइरहेका देशहरुमा अब यो महामारी तीब्र रुपमा फैलिन थालेको छ । यी देशहरुमा अहिले इतिहासकै रेकर्ड केस भेटिएका छन् । न्यूजिल्याण्ड, अस्ट्रेलिया, इजरायल, फिनल्याण्ड, भियतनाम लगायतका देशमा तीब्र रुपमा संक्रमण फैलिन थालेको छ ।

इजरायलमा शनिबार १२ हजार १३ जना नयाँ संक्रमित भेटिए । यो संख्या इजरायलमा महामारी प्रवेश गरेपछि अहिलेसम्मकै सबैभन्दा ठूलो दैनिक संख्या हो । यहाँ पहिलो संक्रमित १८ फेब्रुअरी २०२० मा भेटिएका थिए । खास कुरा त के भने ५० प्रतिशतभन्दा धेरै जनसंख्यालाई खोप लगाएर इजरायल विश्वकै पहिलो मास्क फ्रि देश बनेको थियो । यद्यपि बिरामी बढेपछि त्यहाँ अहिले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ ।

इजरायल सरकारले १ वर्षदेखि बन्द स्कुललाई १ सेप्टेम्बरदेखि खोल्ने निर्णय गरेको छ । तर, कोरोना संक्रमितको बढेको संख्याले चिन्ता बढाएको छ । शिक्षा मन्त्री यिफत शाशाका अनुसार संक्रमण फैलिनबाट रोक्नको लागि लकडाउन र अन्य प्रतिबन्धबारे विचार हुन सक्छ । तर, यसको निर्णय प्रधानमन्त्री नफ्ताली बेनेटले गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *