मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौं आइपुग्यो

डिसी नेपाल
१४ भदौ २०७८ १७:४३
456
Shares

काठमाडौं । नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो ।

गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआईएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री रहेका छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धुसमेत नेपाल भ्रमणमा रहनेछन् ।

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने तथा सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको छ ।

यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली हिजो (आइतबार) काठमाडौ फर्किएको हो ।

भारतीय टोली

गोलरक्षकः गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह

डिफेण्डरः राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश बोस, सेरिटन फर्नाण्डेज

मिडफिल्डरः अनिरुद्र थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

स्ट्राइकरः मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *