ओसामा बिन लादेनका सुरक्षा प्रमुख अफगानिस्तान फर्किए
काठमाडौं। अफगानिस्तानमा तासिलबानको नियन्त्रण र अमेरिका नेतृत्वको नाटो सैनिक फिर्ता भएसँगै अब अफगानिस्तान आतंकवादीहरुको क्रिडास्थल बन्न सक्ने आशंका बढेको छ । अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनको निकट सहयोगी तथा अल कायदाका सुरक्षा इन्चार्ज अमिन उल हक अफगानिस्तान फर्किएका छन् । न्यूयोर्क पोस्टका अनुसार उनी अफगानिस्तानको नांगहार प्रान्तमा फर्किएका छन् जुन उनको गृहक्षेत्र पनि हो ।
अमिन उल हक लादेनका निकट सहयोगी थिए । लादेन अमेरिकामा २००१ को सेप्टेम्बर ११ मा गरिएको आतंकवादी आक्रमणका मोस्ट वान्टेड आतंकवादी थिए । लादेनलाई नै खोज्नको लागि २००१ मा अमेरिका नेतृत्वमा नाटो सैनिक अफगानिस्तान गएका थिए । १० वर्षपछि २०११ मा अमेरिकाको नेवी सीलका कमाण्डोले लादेनलाई पाकिस्तानको एवटाबादमा मारेका थिए । अफगानिस्तानको तोरा बोरा पहाडमा लादेन लुकेको आशंकामा अफगानिस्तानमा अमेरिकी सैन्य अपरेशन सुरु गरिएको थियो ।
Dr. Amin-ul-Haq, a major al-Qaeda player in Afghanistan, Osama Bin Laden security in charge in Tora Bora, returns to his native Nangarhar province after it fell to the Taliban. Dr. Amin became close to OBL in the 80s when he worked with Abdullah Azzam in Maktaba Akhidmat. pic.twitter.com/IXbZeJ0nZE
— BILAL SARWARY (@bsarwary) August 30, 2021
अमिन उल हक यहीँ लादेनका सुरक्षा इन्चार्ज थिए । अमिन उल हक ८० को दशकमा लादेनसँग निकट भएका थिए । त्यतिबेला उनले मकतबा अखिदमतमा अब्दुल्ला आजमसँग काम गरेका थिए । अर्कोतर्फ तालिबानले आधिकारिक रुपले अफगानिस्तानमा सरकार गठनको तयारी गरिरहँदा संगठनका शीर्ष नेताहरु पनि फर्किन थालेका छन् । काबुल कब्जापछि सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर कतारबाट फर्किएका छन् । तालिबानले आफ्ना सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादा पनि अफगानिस्तानको कान्दाहारमा भएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment