सबैभन्दा छिटो करोड क्लवमा पुग्ने नेपाली गीत बन्यो विष्णु माझीको ‘चरी जेलैमा’

डिसी नेपाल
१५ भदौ २०७८ १०:३२
9.2k
Shares

काठमाडौं। विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ इतिहास बनाएको छ । यो गीतले नेपाली गीतमध्येमा सबैभन्दा छिटो युट्युबमा एक करोड भ्यु पार गरेको छ । अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ मा १ करोड अर्थात १० मिलियन भ्यु पार गरेको छ ।

यसअघि पल शाह र मलिका महत अभिनित टाढा भए पनि गीतले युट्युबमा सबैभन्दा छिटो करोड भ्युको रेकर्ड बनाएको थियो । यो गीतको भिडियो १५ दिनमा एक करोड भ्युज पार गरेको थियो। यसअघि पल र मलिका अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो। दुबै गीतले १८ दिनमा करोड भ्युज पार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.